Notices

Activities of Descendant of Nepal Families 

 

44. आज मिति 2076/01/7 गते हाम्रा बन्धु बसन्तकुमार शर्म्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएकाले स्तब्ध भएका छौँ । नेपाली भाषा साहित्यका साधक नेपालका थुप्रै कृति प्रकाशित छन् साथै उनले संकलन गरेको नेपाली शब्दसागरको नेपाली वाङ्मयमा विशिष्ट स्थान छ । दिवंगत आत्माको चिरशान्तिको कामना साथै परिवारजनमा हार्दिक समवेदना ।
43. काठमाडौं, पुस १६ । शनिबार सम्पन्न राष्ट्र बैंक पूर्व कर्मचारी कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधरणसभाले प्रमोद नेपालको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ ।
42. हाम्रा पाल्पाका बन्धु माधव प्रसाद नेपाल नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) जस्तो गरिमामय पदमा बढुवा हुनाभएकाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं हाम्रा बन्धुले यस जिम्मेवारीलाई कुशलताका साथ निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ !!! 
41. नेपाल बन्धु कल्याण समाजका अध्यक्ष एकमणी नेपाल, नेपाल सरकारको २०७४/०८/०६ गतेको निर्णय बाट प्रधानमन्त्री को सुरक्षा सल्लाहकारमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना छ । उहाँलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस जिम्मेवारीलाई उहाँले कुशलताका साथ निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ !!
40. चिदिपनी पाल्पा घर भाई हाल कोटेश्वर काठमाडौं स्थाइ बसोवास गर्ने हाम्रा बन्धु श्री राम बाबु नेपाल ज्युकी ममातामयी आमा शुसिला नेपालकाे आज मिति २०७४/०७/२२ गते बिहान ४ :०० बजे अकल्पनिय निधन भएकोले दिबंगत आत्माको चीर शान्तिको कामनाका साथ हार्दिक श्रद्धाञ्जली एवं सम्पूर्ण शाेकसन्तप्त परिवारजनहरुमा गहिराे समवेदना ब्यक्त गर्दछौं ।
39. नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)असोज २९ गते सम्पन्न चौथो साधारणसभाबाट आठ जना नयाँ संचालकहरु चयन भएका छन् । जनता बैंकका पृथ्वी नारायण श्रेष्ठ, सनराइज बैंकका रविन कुमार नेपाल, प्राइम कमर्सियल बैंकका भइराजा तुलाधर, बैंक अफ काठमाण्डूका प्रविन प्रकाश क्षेत्री, माछापूछ्रे बैंकका नारायण प्रकाश भुजु, नेपाल बंगलादेश बैंकका रत्न तारा वैद्य, सिटिजन्स बैंकका संजीव कुमार श्रेष्ठ र सिद्धार्थ बैंकका सुरेशराज महर्जन नेप्सको संचालकमा चुनिएका हुन् । साधारणसभाबाट चुनिएका संचाकहरुमध्येबाट कात्तिक १ गते बसेको संचालक समितिको बैठकले सनराइज बैंकका रविन कुमार नेपाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपले चयन गरेको छ । उहाँलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस जिम्मेवारीलाई उहाँले कुशलताका साथ निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ !!
38. पाेखराथाेक, पाल्पा निवासी स्व. द्वारिका प्रसाद नेपालकी धर्मपत्नी श्रीमती रमा नेपालकाे अाज २०७३ पौष १३ कृष्ण चतुर्दशिको दिन काठमाडौ  स्थित शिक्षण अस्पतालमा असामयिक निधन भएकाे र वहाँकाे अन्त्येष्टि पशुपति अार्यघाटमा सांझ ५.०० बजे सम्पन्न गरिने भएकोले  अाफन्तजन,इष्टमित्र  तथा शुभेच्छुक जनमा उपस्थितिकाे लागि जानकारी गराउँछाैं । उहांको आत्माको चीर शान्तिको कामना सहित हार्दिक  श्रद्धान्जली   अर्पण गर्दै शोकसन्तप्त परिवार जन प्रती समवेदना प्रकट गर्दछौं ।
37. माडी पोखराथोक पाल्पा जन्म भइ हाल काठमाडौंमा बसोबास गरेका राममणी नेपाल काे २०७३/८/२० गते सोमवार मार्ग शुक्ल नवमीको दिन  बेलुका काठमाडौंमा निधन भयाे । उहांको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जन प्रती समवेदना प्रकट गर्दछौं ।
36. माडी पोखराथोक पाल्पा जन्म भइ हाल भरतपुर नगरपालिका स्थाइ बसोबास गरेका ( हाम्राे सानाेवुवा ) त्रिभुवन बिश्वविद्यालय अङ्रेजी विषयका पुर्व प्राध्यापक श्री शिवप्रसाद नेपालकाे अाज २०७३ साल बैशाख २७ गते अक्क्ष्यय तृतियाको दिन विहान काठमाडौंमा निधन भयाे । उहांको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जन प्रती समवेदना प्रकट गर्दछौं ।
35. हाम्रा बन्धु एवम् त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति प्रा डा माधवराज शर्मा नेपालको ( प्रा.डा. माधव प्रसाद शर्माको ) आज २०७२ फागुन २३ गते विहान देहान्त भएको समाचारले अत्यन्त दुखी बनाएको छ । उहाँ अत्यन्त शालिन र बौद्धिक व्यक्तित्व हुनु हुन्थ्यो । उहाँको निधन अपूरणीय क्षति हो । यस दुखद घडीमा  भावपूर्ण श्रद्धान्जली एवं परिवारमा हादिॅक समवेदना !
34. हाम्रा बन्धु ध्रुव शर्मा नेपाल पुनःनिर्माण प्राधिकरण अन्तर्गतको कार्यकारी समितिको सदस्य पदमा नियुक्त हुनुभएकाले उहाँलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस ऐतिहासिक जिम्मेवारीलाई उहाँले कुशलताका साथ निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ !!
33. माडी पोखराथोक पाल्पा जन्म भइ शंकर नगर रुपन्देही स्थाइ बसोबास गरेका श्री नुराकान्त उपाध्याय नेपाल ज्यू को आज मिती २०७२ साल मार्ग ५ गते शुक्ल दशमि शनिबार  को दिन स्वर्गारोहण भएको ले उहांको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जन प्रती समवेदना प्रकट गर्दछौं ।
32."  Nepal vanshaka ek didiptaman jyoti punj euta sachcha manava Amnesty International Nepalka purva adhyaksha, Nepali congresska purva Mahasamittee sadasya, Manav Adhikarwadi mera Aadarniya Daju Advocate Binod Nepal aaja bramhalin hunu bhayeko pida bata hami atyanta marmahant bhayeka chhau. Meri Bhauju Usha Koirala Nepal pati biyog ra bhatijaharu Aashisha ra prashisha pitri biyogbata marmahant chhan. Dukhako yas ghadima Daju jo mera baal sakha ra patha pradarsak pani thiye, lai gaha bhari aansu liyera hardik shraddha suman arpaan gare. Wahako AAtmale chira shanti paos ra baikuntha baas hos."
2015-10-23 Noticed by Pramod Nepal
31. हाम्रा कार्यक्रमका बारेमा जानकारी-
नेपालबन्धु कल्याणकारी कोषका सदस्य श्री चुडामणि तथा लक्ष्मीमणि नेपालका पिता श्री कृष्णभक्त नेपालको झापा जिल्लामा २०७२ साल जेठ १६ गते निधन भएको छ । स्वर्गिय कृष्णभक्त नेपाल प्रति भावपूर्ण श्रद्धान्जली तथा परिवारजनमा हार्दिक समवेदना ।
काठमाण्डौको झोरमा देवाली (कूल पूजा) गर्ने हामी नेपाल बन्ध्हरुको पुजा कार्यक्रम गएको बुद्ध जयन्तीमा हुनु पर्ने थियो । तर महाविनासकारी भुकम्पका कारण पछि सरि २०७२ जेठ २३ गते हुने भनिएको हाम्रो देवाली (कूल पूजा) कृष्णभक्त नेपालको मृत्यृका कारण अझ पछि गएको छ । यस पछि लगत्तै मलबास समेत पर्ने भएकाले आज २०७२ जेठ २० गते बसेको बैठकबाट आगामी जेठ २३ गते हुने भनिएको देवाली असोज ८ गते सुक्रबारका दिन सम्पन्न गर्ने निर्णय भएको छ ।

हरीकुमार नेपालको निवास महाराजगन्ज, चुन्देवीमा जेठ महिनामा हुनु पर्ने नियमित नेपाल भेला महाविनासकारी भुकम्पका कारण स्थगित भएको थियो । नेपाल बन्धुहरुको नियमित नेपाल भेला आगामी असार ५ गते हरीकुमार नेपालको निवास महाराजगन्ज, चुन्देवी, गणेशबस्तीमा नै हुने भएको विषय पनि जानकारी गराउदछु । झोरमा हुने देवाली र नियमित नेपाल भेलामा उपस्थित हुने सबै बन्धुहरुले यहि सूचनाका आधारमा आप्mना कार्यक्रमहरु मिलाउनु होला । यो कुरालाई झोरमा हुने देवाली र नियमित नेपाल भेलामा उपस्थित हुने सबै बन्धुहरुले सेयर पनि गर्नु होला । Source -- Click here

30. गत बैशाख १२ गते आएको बिनाशकारी भुकम्पमा परी केही नेपाल बन्धुहरुको दु:खद निधन भएको कारणले स्थगित भएको मन्डन क्षेत्र को नेपाल बंश को कुलपुजा भोलि मिती जेठ १९ गते पुर्णिामा का दिन चन्डेनी मन्डन ५ जोगिटारमा हुने जानकारी सम्पुर्ण नेपाल बन्धुहरुमा गराइन्छ !!!
29. समि साहित्य प्रतिष्ठानको तर्फबाट पुरस्कार सहितको साहित्य साधना सम्मान प्राप्त ब्यक्तित्व, पूर्व प्रधानमन्त्री माधव कुमार नेपालका पिता, नेपाल बंशका सतंजीवि कुलपुरुष मंगलकुमार उपाध्याय नेपालको आज मिती २०७२ साल जेष्ठ ५ गते मंगलबार का दिन ९९ बर्षको उमेर मा स्वर्गारोहण भएकोले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना  प्रकट  गर्दछौं। 2072-02-05.
28. अर्थविद डा.चिरन्जिवी नेपाल आज मिती २०७१।१२।०५ देखी ५ बर्षको लागी नेपाल राष्ट्र बैंक को गभर्नर जस्तो गरिमामय पदमा नियुक्तभै नेपाल बंशको उच्च मर्यादा कायम गर्नु भएकोमा हार्दिक बधाइ तथा सफल कर्यकालको लागि शुभकमना ब्यक्त गर्दछौं। 2071/12/5.
27.पाल्पा चिदीपानिका नेपाल बन्धुहरुकाे कुल देवताकाे पुजा अागामी बैशाख २६ मा हुने निर्णय भएको छ ।                          स्थान: फेदी तल्लाडी । Source;  ShreeKrishna Nepal's Facebook. (16/12/2070).
26.माडिपोखराथोक पाल्पा जन्मभै हाल कलंकी काठमाण्डौ निवासी श्री शोभाकान्त उपाध्याय नेपाल को आज मिती २०७० फाल्गुन १४ गते स्वर्गारोहण भएकोले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक श्रद्धान्जली ।    2070/11/14
25.मिती २०७० श्रावण ८ गते श्रावण कृष्ण प्रतिपदा कादिन माताश्री मुग कुमारी नेपाल को ८३ बर्षको उमेरमा स्वर्गारोहण भएकोछ। पिता श्री हरि प्रसाद उपाध्याय नेपालको भने ७३ बर्षको उमेरमा २०५७ अषाढ ५ गते कृष्ण त्रितिया तिथिमा स्वर्गारोहण भयेको थियो।   2070/04/23.
24. माडी पोखराथोक पाल्पा सँग संबन्धित नेपाल बन्धुहरुको हरेक ५ बर्षमा १ पटक हुने अत्यन्त महत्वपुर्ण कुल-पूजा आगामी जेष्ठ शुक्ल पुर्णिमा २०७०-०२-११ का दिन हुने भएकोले उक्त पूजामा सरीक हुन पोखराथोक कुलपूजा संचालन समिती हार्दिक आह्वान गर्दछ ।    2070-02-06.
23.यही मिति २०७० साल जेष्ठ १५ गते जेष्ठकृष्ण पञ्चमी दिन मण्डन श्रीचौर विर्ता भई टौदह चाल्नाखेल मा बसोवास गर्ने नेपाल बन्धु हरुको बार्षिक कुलदेवता पूजनचाल्नाखेल हात्तीवन स्थिती जुगेडाडाँ मा हुने भएको ले सर्म्पूण बन्धु हरुको परिवार सहित उपस्थीत हुनु हुन अनुरोध गरीन्छ । साथै अन्य क्षेत्रमा बसोवास गर्नु हुने नेपाल वन्धुहरुलाइ समेत पूजा कार्य हेर्न उपस्थीत हुनु हुन अनुरोध गरीन्छ ॥ 2070-02-06.
22. आउने जेठ ५ गते प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा मेरो उपन्यास 'बर्बरिक' लोकार्पित हुँदैछ । मदन भण्डारीको सार्वजनिक राजनीतिक जीवनको टेको लाएर लेखिएको यो उपन्यासको लोकार्पण कार्यक्रममा साहित्य र राजनीतिमा चासो राख्ने मित्रहरुलाई यही सन्जाल मार्फत निमन्त्रण गर्दछु। आइदिनु भए आभारी हुने थिएँ। समय दिउँसो १२बजे ।                                                                                    Posted by Pradip Nepal in Facebook Status on 2070/01/25.
21. मण्डन श्रीचौर अन्तर्गत टौदह चाल्नाखेल प्रशाखाहरूको मिति २०७०/१/१४ गते शनिवार का दिन इष्टदेवी दक्षीणकालीको पूजन राखिएकोले सम्पूर्णवन्धुहरूलाइ सपरिवार उपस्थित हुन अनुरोध गरिन्छ ।    नेपाल परिवार समाज टौदह.
20. आज  मिती  २०६९  साल  पौष  ५ गते  ब्रिहस्पतिवार कादिन नेपाल बन्धुहरुका कुलदिपक, नेपाल बंशावलिका  खोज  तथा  शोधकर्ता  एबं अन्वेषक   इतिहासविद श्री पुर्णप्रकाश नेपाल  यात्रि ज्यू  को  79  वर्ष को उमेरमा स्वर्गारोहण भयेकोले उहांको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त  परिवारजन  प्रति  हार्दिक   समवेदना  प्रकट  गर्दछौं।
19. नेपाल बंशका सम्माननीय एबम राष्ट्रीय ब्यक्तित्व, राणा बिरोधी आन्दोलन का योद्धा, राष्ट्रिय पञ्चायत का अध्यक्ष्य तथा नेपाल बंशज परिषदका पूर्व अध्यक्ष्य  श्री रामहरी शर्माज्युको आज मिती २०६९-०६-२४ गते बुधवार को दिन देहावशान भएको ले मृत आत्माको चिरशान्ति को लागि प्रर्थना गर्दै शोकसन्तप्त परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दछौं ।
18. Kishori prasad nepal community health centre, pokharathok-1,madi, palpa has been registered by CDO, Office palpa on chaitra 5, 2068. Donation for yearly membership is nrs 365 and life time member is nrs 3000/-.You can get membership by depositing the sum in a/c no. 303000727201 at RBB, palpa branch or a/c no. 014000001501 at Bhrikutee development bank ltd., palpa branch.                                                                                              Contact for details:-  acting chairman Naresh Nepal (+9779847029000).
17. आज मिती २०६९/०२/३१ का दिन S.L.C.को नतिजा प्रकाशित भएको छ । यस नतिजामा उत्तिर्ण हुने सबै नेपाल बंशका भाइ बहिनी हरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
16. माडि पोखराथोक पाल्पा जन्मभै हाल धापासि काठमाण्डौ बसोबास भएका नेपाल सरकार परराष्ट्र सेवामा कार्यरत श्री रुद्र कुमार नेपाल ज्यू नेपाल राष्ट्रको तर्फबाट अस्ट्रेलियाको लागि नेपाली राजदूत जस्तो गरिमामय पदमा नियुक्तभै नेपाल बंशको उच्च मर्यादा कायम गर्नु भएकोमा हार्दिक बधाइ तथा सफल कर्यकालको लागि शुभकमना ब्यक्त गर्दछौं।
15 मिति 2068 /१२ /१८ गतेका दिन टौदह श्री राम मन्दिरमा वैदिक तथा पौराणिक बिधि द्वारा श्रीरामपरीवारको पुजा गरिने तथा वेदान्ताचार्य श्री कमल सुवेदिज्यूका मुखारबृन्द वाट अध्यात्मरामायण को प्रवचन राखिएको हुँदा सवैलाइ उपस्थितभै पुण्यलाभ गर्नुहुन अनुरोध गरिन्छ । साथै 2068/12/19 गते का दिन सामुहिक शुभ-ब्रतबन्ध आयोजना गरिएकोले इच्छुक सवैले नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ । आयोजक- नेपाल परिवार समाज टौदह,श्रीराम मन्दिर रामानन्द मार्ग किर्तिपुर १५ टौदह.
१४.  मिती २०६८/११/१८ तीन बजे बानेश्वरको इन्द्रेणी कम्प्लेक्सको हलमा प्रदिप नेपाल द्वारा लिखित कथा संग्रह (पुस्तक) विमोचन र साहित्य साधना सम्मान अर्पण हुँदैछ । उक्त समारोहमा  ब्यापक उपस्थिती को लागि आमन्त्रण गरिएको छ ।
13. हिन्दुहरूको महान अग्नीष्टोम यज्ञरूपि होलीपर्व २०६८ साल फाल्गुण २४ गते राम मन्दिर परिसरमा १० वजे मनाउनुका साथै सोहि दिन मण्डन श्रीचौर अन्तर्गत टौदह चाल्नाखेल प्रशाखाहरूको मिति 2069/१/२८ गते ज्येष्ठ कृष्ण पञ्चमिको दिन चाल्नाखेल हात्तिवन स्थीत जुगे डाडाँमा बार्षिक कुलदेवता पूजन र त्यस भन्दा अगाडी शनिवार इष्टदेवी दक्षीणकालीको पूजन तिथि तय र व्यवस्थापन गर्नका लागी वैठक राखिएकोले सम्पूर्ण वन्धुहरूलाइ सपरिवार उपस्थित हुन अनुरोध गरिन्छ । नेपाल परिवार समाज टौदह
12. माडी पोखराथोक पाल्पा निवासी श्री गणेश प्रसाद उपाध्याय नेपाल  को मिति २०६८/११/०४ गते बिहिवारका दिन स्वर्गारोहण भएकाले शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
11. The information submitted by Gopal from Kokrajhar Asam India is found with fake email ID and Phone no. please submit your genuine Data.
10. माडी पोखराथोक पाल्पा निवासी श्री रुक्मांगद (राजकुमार) नेपाल  को मिति २०६८/१०/०५ गते बिहिवारका दिन स्वर्गारोहण भएकाले शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
9. Mr. Vidya Nath Nepal is planing to publish a book on Nepal's poverty alleviation. it's 2nd chapter will be his personal experience on Nepalese society including his extended family, ancestors, Neplese society and administration of Nepal.
8. यही आगामी २०६८ साल मार्ग २७ गतेका दिन विष्णु कुमारि नेपालको स्वर्गारोहण को बार्षिकि पुण्य तिथि परेकोले सम्बन्धित सबैलाइ आमन्त्रण गरियेको जनकारि गराउंदछौ / स्थान - तिन्कुने कोटेश्वर काठ्मण्डौ।
7. माडी पोखरथोक पाल्पा जन्मभैहाल शंकरनगर रुपन्देही मा स्थाइ बसोबास गर्दैआएका भैरब नेपालकी श्रीमतिको मिति  २०६८/०८/०८  गते बिहिवारका दिन असामयिक निधन् भएको हुंदा हार्दिक समबेदना प्रकाट् गर्दछौं ।
6. माडी पोखराथोक पाल्पा निवासी श्री दिनानाथ नेपाल ( राम क्रिष्ण ) को मिति २०६८/०७/२२ गते मंगलवारका दिन स्वर्गारोहण भएकाले शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
5. Happy Dashai & Dipavali 2068 to all "Nepal Bandhus"
4. माडी पोखरथोक पाल्पा जन्मभै हाल परासी बसोबास गर्दै आएका श्री राजेन्द्र नेपाल को मिती २०६८.०४.११ का दिन अल्पायुमै निधन भएकोमा नेपालबन्सावली परिवार हार्दिक समवेदना प्रकट गर्दछौं ।
3. Happy New Year 2068 to all "Nepal Bandus"
2. २०६७ चैत्र ५ गते मणी प्रसाद नेपाल को चौरासी पूजा हुने भएको छ /  स्थान:- माडी पोखराथोक  पाल्पा /
1. Bratabandha Karma ( Upnayan )  is going to be held on 23/11/2067 of Anup Nepal and Om Prakash, the son of Pashupati Nepal and Puskar Nepal at Bharatpur Chitawan.

Total People: 20065

Search Person